• मंगलबार, असोज २० २०८३

दोस्रो विश्वयुद्धमा खसालिएको शक्तिशाली बम ७५ वर्षपछि विस्फोट


शुक्रबार, असोज ३० २०७७
715
Shares


दोस्रो विश्वयुद्धका बेला प्रयोग गरिएको एउटा बम पोलन्डमा विस्फोट भएको छ।

निस्तेज गर्ने प्रयास गर्दागर्दै पानीमुनी बम विस्फोट भएको बिबिसीले जनाएको छ।

भाग्यवश बम निस्तेज पार्ने कार्यमा सहभागी कोही पनि घाइते भएनन्। यो पोलन्डमा भेटिएको र पड्किन बाँकी सबैभन्दा ठूलो बम हो।

ब्रिटेनको रोयल एअर फोर्सले टलब्वाई वा ‘अर्थक्वेक’ बम पनि भनिने उक्त बम सन् १९४५ मा हवाई आक्रमण गर्दा खसालिएको थियो।

दोस्रो विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पूरा भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार