• शनिबार, साउन १६ २०८३

कोरोना संक्रमणबाट थप एकको मृत्यु


शुक्रबार, असोज ३० २०७७
750
Shares


कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका २ का ६७ वर्षीय पुरुषको शुक्रबार बिहान ७ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएका थिए। स्वास्थ्य अवस्था विग्रिँदै गएपछि उनलाई २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

शुक्रबार एक्कासी स्वास्थ्य झन् जटिल भएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै रुपन्देहीमा कोरोना संक्रमित ४६ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार