नेपाल प्रहरीमा ५ हजारभन्दा बढी युवाका लागि भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो।
शुक्रबार प्रकाशित सूचनाअनुासर खुला, अमर/अशक्त प्रहरी परिवार र समावेशी अन्तर्गत प्रतिस्पर्धा गराई जवान छनोट गरिनेछ।
प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले जनाएको छ। ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ।
यसमा भर्ना हुन न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ।
उचाइ पुरूषका हकमा घटीमा पनि पाँच फिट दुई इन्च र तौत ५० केजी हुनुपर्नेछ।यस्तै महिलाका हकमा पाँच फिट र तौत ४२ केजी हुनुपर्नेछ।
१८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखा नक्सालले जनाएको छ।