• सोमबार, साउन ११ २०८३

पालुङटारमा एकै दिन थपिए सात संक्रमित


बिहिबार, असोज २९ २०७७
690
Shares

बिहिबार गोरखामा सात जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहिबार विज्ञप्ती जाररी गर्दै गोरखामा सात जना संक्रमित थपिएको पुष्टि गरेको हो । थप भएका सबै एकै पालिकाका हुन ।

जसमा पालुङटार नगरपालिका वडा नं ८ का ९ वर्षीय बालिका र वडा नं ७ मा १६, २२, ४६, र ५५ वर्षीय पुरुष तथा १०, ४५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्ठि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

त्यस्तै बिहिबार गोरखा घर भएकी एक महिलाको कोरोना संक्रमण कै कारण ज्यान गएको छ । कोरोना संक्रमित महिलाको उपचारको क्रममा काठमाण्डौं को शिक्षण अस्पताल मा मृत्यु भएको छ ।

भिमसेन थापा गाउँपालिका वडा नं ४ की ४० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको उनको आफन्तले बताए । उनमा मृगौला तथा मुटु रोगका समस्याले लामो समयदेखि उपचारत उनी मुटुको शल्यक्रिया गर्न कोरोना परिक्षण गर्दा रिर्पोट पोजिटिभ आएको थियो ।

उनको बुधबार राति मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार