• सोमबार, साउन ११ २०८३

‘स्वस्थ युवाले सन् २०२२ सम्म कोरोनाको खोप नपाउन सक्छन्’


बिहिबार, असोज २९ २०७७
625
Shares

काठमाडौं । स्वस्थ युवाले सन् २०२२ सम्म कोरोना भाइरस (कोभिड—१९)को खोप नपाउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।

डब्ल्यूएचओको ध्यान खोप उपलब्ध भएसँगै सबैभन्दा पहिला वृद्ध र जोखिमपूर्ण समुहको सूचीमा रहेका मानिसमा केन्द्रित रहेकाले स्वस्थ युवाले छिटो कोरोनाविरुद्धको खोप नपाउन सक्ने डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताएकी हुन् ।

स्वामीनाथनका अनुसार खोप आएपछि सबैभन्दा पहिला स्वास्थ्यकर्मी, फ्रन्टलाइन कर्मचारी र वृद्धद्धृद्धाहरुले यो खोप पाउने बताइन् । यद्यपि कसलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा अझै पनि छलफल भइरहेको उनको भनाइ छ ।

‘मानिसहरुले अहिले जनवरीको सुरुमा वा अप्रिलसम्ममा मैले खोप पाउँछु र त्यसपछि सबैकुरा पहिलाको जस्तै हुन्छ भनेर सोचिरहेका छन्’, स्वामीनाथनले भनिन्, ‘तर, यसले त्यसरी काम गर्दैन ।’

स्वामीनाथनले सन् २०२१ मा कम्तीमा एउटा सुरक्षित र प्रभावकारी खोप आउन सक्ने बताइन् । यद्यपि त्यो खोप पनि सीमित परिणाममा पनि उपलब्ध हुने उनको भनाइ छ । अहिले विश्वभर १० भन्दा धेरै कोरोना खोप तेस्रो चरणको परीक्षणमा छन् ।

डब्ल्यूएचओजस्तै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले पनि खोप उपलब्ध भएपछि सबैभन्दा पहिला कसलाई प्राथमिकता दिने भन्ने सूची तयार पारिरहेका छन् ।सीएनबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार