• शनिबार, साउन १६ २०८३

बिहीबार कोरोनाबाट थप १९ जनाको मृत्यु


बिहिबार, असोज २९ २०७७
700
Shares

काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी १९ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ । २४ घण्टाको अवधिमा बुधबार १२ जनाको मृत्यु भएको थियो ।

संक्रमित भने बिहीबार ३ हजार ७ सय ४९ जना थपिएका छन् । हालसम्म संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । देशभरी सक्रिय संक्रमितको संख्या बिहीबार अपराह्नसम्म ३६ हजार ५ सय ३३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ५ सय ६४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ८४ हजार ५ सय १८ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ३७ हजार ६ सय ३६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८ सय २५ जना रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार