• सोमबार, साउन ११ २०८३

बिहीबार थप ३७ सय ४९ जनामा कोरोना पुष्टि


बिहिबार, असोज २९ २०७७
695
Shares


नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ। संस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३९ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा थप १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएका छन्।।

आज थप ३ हजार ५ सय ६४ जना संक्रमित निको भएका छन्। आजसम्म निको हुनेमा संख्या ८४ हजार ५ सय १८ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार