• मंगलबार, असोज २० २०८३

कोरोना संक्रमणबाट थप एकको मृत्यु


बिहिबार, असोज २९ २०७७
710
Shares

काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जना पुरुषको मृत्यु भएको छ।

जिल्लाको कञ्चन गाउँपालिकाका ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए।

उनमा श्वासप्रश्वास, मुटु, किड्नी, ब्लडप्रेसरको समस्या रहेको अस्पतालले जनाएको छ। मृतक ती पुरुषमा यही असोज २७ गते कोरोना पुष्टि भएको थियो।

स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार साँझ ८ः३० बजे भीम अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा उपचारकै क्रममा उनको आज दिउँसो मृत्यु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार