• सोमबार, साउन ११ २०८३

एकपटक निको भएपछि ४ महिनासम्म कोरोना संक्रमण हुदैन : अनुसन्धान


बिहिबार, असोज २९ २०७७
985
Shares


कोरोना भाइरसको संक्रमण भएर निको भएपछि शरीरमा बन्ने ‘एन्टिबडी’ (प्रतिरोधी क्षमता) ले ४ महिनासम्म काम गर्ने तथ्य पत्ता लागेको अनुसन्धानकर्ताले बताएका छन्।

अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकले अनुसन्धानबाट यस्तो प्रमाण पाइएको दाबी गरेका हुन्।

उनीहरूका अनुसार ३ सय ४३ जना कोरोना संक्रमितमा यो अध्ययन गरिएको थियो। तीमध्ये धेरैको अवस्था नाजुक थियो र ९३ प्रतिशत बिरामी अस्पताल भर्ना भएर निको भएका थिए।

साइन्स इम्युनोलोजी जर्नलमा प्रकाशित शोधअनुसार कोरोनाका बिरामीको रगतको नमुना ४ महिनासम्म लिइएको थियो। पहिलोपटक नमुना लिँदा बिरामीमा रुघाखोकी र सास लिन गाह्रो हुने समस्या थिए।

अनुसन्धानका लागि लिइएको रगतको प्लाज्मा अलग–अलग राखिएका थिए। परीक्षण गर्दा ४ महिनासम्म इम्युनोग्लोब्युलिनजी एन्टिबडी बनेको पाइएको वैज्ञानिकले बताएका छन्।

इम्युनोग्लोब्युलिन जी एन्टिबडी एक प्रकारको प्रोटिन हो। जसले संक्रमण हुनेबित्तिकै त्यसको प्रतिरोध गर्छ।

यो अध्ययनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमा अब कहिले कोरोना नलाग्ने गरी एन्टिबडी विकास भएको भनेर गरेको दाबी गलत साबित भएको दैनिक भास्करको समाचारमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार