• शनिबार, साउन १६ २०८३

कोरोनाबाट थप एकको मृत्यु


बिहिबार, असोज २९ २०७७
625
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण रूपन्देहीमा संक्रमित दर दैनिक रुपमा वृद्धिसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार गरिएकी बुटवल–७ की ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

ती महिलालाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या रहेको थियो । यससँगै बुटवलस्थित कोराना विशेष अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार