गोरखा । नेपाल हाप्किडो संघ गोरखाको अध्यक्षमा राजन आले चयन भएको छ ।
बुधबार गोरखा सदरमुकाममा भएको भेलाले आले मगरको अध्यक्षतामा ११ सदस्सीय जिल्ला स्तरीय नेपाल मार्शल आर्टस हाप्किडो संघ गठन भएको हो । भेलाले संघको उपाध्यक्षमा सकुन थापा मगर, राजेन्द्र बयलकोटी, सचिवमा रिजन बि.क. र कोषाध्यक्षमा अनिष अर्याल चयन भएका छन् ।
नवगठित समितिको सदस्यहरुमा साबित्रा थापा, सन्तोष गुरुङ, हितमान तामाङ, सुवाष कुमाल, बिक्रम गुरुङ चयन भएको नव गठित संघका सचिव रिजन बिकले जानकारी दिए ।
कार्यक्रममा नेपाल मार्शल हाप्किडो संघका केन्द्रिय अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघ अध्यक्ष कालीबहादुर घर्तीमगरले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद नारालाई आत्मसाथ गर्दै चेतना, जागरण, शिक्षा, उत्पादन, व्यवसायी र रोजगारीलाई जोड्न पनि संघको आवश्यता औल्याए ।
अध्यक्ष घर्तीले समाज परिवर्तन संगै विकास र समृद्धिका लागि पनि हाप्किडो खेल अगाडी बढाउन लागि परेको बताए । कार्यक्रममा नेकपाका सानुमाया बस्नेत, नेपाल मार्शल आर्ट्स हाप्किडो संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारामाया थापामगर, गोरखा जिल्ला खेलकुद बिकास समितिका अध्यक्षद्वय सुदिप नगरकोटी, शान्तासिंह बस्नेत, अनेरास्ववियू गोरखा जिल्ला संयोजक सञ्जिव थापामगर, नेपाल मार्शल हाप्किडो संघ गण्डकी प्रदेश सदस्य तथा हाप्किडो राष्ट्रिय खेलाडी कृति गिरी लगायतको सहभागिता रहेको थियो ।