• शनिबार, साउन १६ २०८३

मिसावटको आशंकामा मनकामना मेशिनरीमा छापा


बिहिबार, असोज २९ २०७७
590
Shares

गोरखा । मेशिनरी तेलमा मिसावट भएको भन्दै उजुरी परेपछि प्रशासनले छापा मारेको छ ।

सरोकारवालाहरुको टोलीले मनकामना मिल मेशिनरीमा छापा मारेर मिलमा प्रयोग हुने ‘ट्रान्समिसन आयल’ जफत गरेको छ । ग्राहकलाई प्रतिलिटर ४५० रुपैयामा बिक्रि गरेको तेलको बोतलमा आधा भागमा पानी जस्तो देखिने पारदर्शी पदार्थ रहेको बताइएको छ ।

उक्त तेलमा मिसावट भए/नभएको बारे जाँच गर्न प्रयोगशालामा पठाइने जिल्ला प्रशासन कार्यालयका रबिलाल सुवेदीले जानकारी दिए । गोरखा नगरपालिका १ ताप्लेका टेकबहादुर पाण्डेले तेल खरिद गर्दा तेलमा पानी मिसिएको आंशका लागेपछि प्रशासनमा खबर गरेका छन् ।

खरिद गरेको तेल र बिल सहित उजुरी परेपछि प्रशासनले अनुगमन गरेको हो । मनकामना मिल मेसिनरीका सञ्चालक रामबहादुर बस्नेतले तेलको ड्रम बाहिर भएकोले बर्षाका पानी पसेको हुन सक्ने भन्दै आफुहरुले तेलमा केही पनि मिसावट नगरेको दाबी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार