• शनिबार, साउन १६ २०८३

एकिकरण नेपालको १२ औं साधारण सभा सम्पन्न


बिहिबार, असोज २९ २०७७
770
Shares

गोरखा । एकिकरण नेपालले आफ्नो १२ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कृष्ण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कोरोना भाइरसको जोखिमलाई मध्यजनर गर्दै संस्थाको आफ्नै कार्यालय गोरखा नगरपालिका ११ को १६ किलोमा आवस्यक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साधारण सभा गरिएको संस्थाका कार्यकारी निर्देशक हरी देवकोटाले जानकारी दिए ।

कार्यक्रममा संस्थाको एक बर्षको कार्यप्रगती विवरण, आगामी बर्षको कार्ययोजना लगायत सञ्चालन भएका परियोजनाका बारे सचिव दुर्गा गुरुङले जानकारी गराएकी थिइन भने आयब्यय सहितको आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिलन सिंह बस्नेतले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडी, मानवअधिकार सञ्जालका संयोजक यदु अधिकारी, पद्धती विकास सेवा केन्द्रकी कार्यकारी निर्देशक कमला लामिछाने लगायतले बोलेका थिए । कार्यक्रममा सस्थाले बिभिन्न अन्तराष्ट्रिय संस्थाहरुसंगको साझेदारीमा सञ्चालन गरेको परियोजना तथा कार्यक्रम र त्यसबाट समुदायमा पुगेको फाइदाका बारे समेटिएको वृत्तचित्र समेत देखाइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार