काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना पुरुषको मृत्यु भएको छ ।
ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।
उनलाई यही असोज २० गते भर्ना गरिएको थियो । उनको २१ गते पोजेटिभ रिपोर्ट आएको थियो ।