• सोमबार, भाद्र ८ २०८३

बहराइनका राजकुमारसहितको टोली बिहानै पुगे मनास्लुको चुचुरो


बिहिबार, असोज २९ २०७७
760
Shares


बहराइन राजकुमारसहित १७ जनाको टोलीले बिहानै मनास्लु हिमालको सफल आरोहण गरेका छन्।

यसअघि लोबुचे हिमालको सफल आरोहण गरेका राजकुमार नासिर बिन हामिद अल खलीफाले आज (बिहीबार) बिहान ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन्।

कोभिड—१९ माहामारीको समयमा राजकुमार खलीफाले दुईवटा हिमालको सफल आरोहण पूरा गरेका छन्।

पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यले राजकुमारसहित १४ जना र ३ गाइड गरि १७ जनाको टोलीले सफल आरोहण गरेको जानकारी दिइन्।

आचार्यका अनुसार उनीहरु बिहीबार बिहान ७ः१० मा मनास्लु हिमालको टाकुरामा पुगेका थिए।

नेपालको हिमाल आरोहणका लागि बहराइन राजकुमार नासिर बिन हामिद अल खलीफा सहित १५ जना र ३ जना वेलायतका गरी १८ को टोली आरोहणका लागि नेपाल आएका थिए। त्यसमध्ये १४ जना मात्रै आरोहणमा सहभागी भएका हुन्।

उनिहरू अर्को सिजनमा सगरमाथा आरोहण गर्ने लक्ष्य लिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार