शहिद लखन गाउँपालिका वडा नम्बर ७ को मकैपुर आधारभुत विद्यालयलाई लायन्स तथा लियो क्लाब अफ आबुखैरेनी सिटीले शैक्षिक सामाग्री सहयोग गरेको छ ।
क्लवले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ३० थान स्कुल ब्याग, कापी, पेन्सिल, लगायतका शैक्षिक सामग्री सहयोग गरेको वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
शहिदलखन गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष काशिनाथ अम्गाईको प्रमुख आथित्यतामा बुधवार विद्यालयमा कार्यक्रममा लायन्स क्लव अफ आबुखैरेनी सिटी अध्यक्ष शिब खनाल, सह–सचिव बिष्णु श्रेष्ठ, सह–कोषाध्यक्ष सुर्य बहादुर थापा, सदस्य गोबिन्द सिलवाल, लियो क्लब अफ आबुखैरेनी सिटीको उपाध्क्षय शैलेस वाग्लेको उपस्थिती रहेको थियो ।
न्यून विद्यार्थी भएपछि २०७५ सालमा बन्द भएको विद्यालय भरखरै मात्रै पुन सञ्चालनमा आएको हो ।