नेपाली कांग्रेस गोर्खाका युवा नेता धुव्र पन्तद्वारा बिभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
उनले गोरखा नगरपालिका वडा नम्बर १२ का तिन विद्यालयलाई मास्क र सेनिटाइजर सहयोग गरेका हुन ।
नेपाली कांग्रेस तरूण विभागका केन्दिय सदस्य समेत रहेका पन्तले महेन्द्र उच्च माबि, शान्ति प्रावि र नवज्वती प्रावि लाई एक हजार २ सय पिसका दरले मास्क र ५ लिटरका दरले सेनिटाइजर सहयोग गरेका हुन ।
हस्तान्तरण कार्यक्रममा तरुण दल गोरखाका जिल्ला सदस्य सुरेन्द्र कुमाल र क्षेत्रीय उपाध्यक्ष किरण आलेको समेत सहभागिता रहेको थियो ।