• शनिबार, साउन १६ २०८३

ब्यारेकभित्र सैनिक जवान झुन्डिएको अवस्थामा फेला


बुधबार, असोज २८ २०७७
840
Shares


काठमाडौं । एक सैनिक जवान ब्यारेकभित्रै झुन्डिएको अवस्थामा फेला परेका छन् ।

सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत अवस्थामा फेला परेका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार २३ वर्षीय सैनिक जवान अनुज केसी मृत भेटिएका हुन् ।

काठमाडौँ दक्षिणकाली नगरपालिका–६ घर भएका केसीको शव झुन्डिएको अवस्थामा बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान डियुटीको समयमा नआएपछि खोजी गर्दा ब्यारेकको कम्पाउण्डभित्र रहेको बाथरुममा उनी झुन्डिएको अवस्थामा फेला परेको डीएसपी गिरीले जानकारी दिए ।

झुन्डिएको अवस्था शव फेला परेका केसीले बुधबार बिहान १ः५५ मिनेटमा परिवारका सदस्यलाई आफ्नो मोबाइलबाट सन्देश पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतकको शव चाँगुनारायण नगरपालिका दुवाकोटमा रहेको काठमाडौँ मेडिकल कलेजको अस्पतालमा मोस्ट्मार्टम गरिएको छ ।

पारिवारका सदस्य आएर उनको शव बुझेको समेत प्रहरीले जानकारी दिएको छ ।

यसबारे थप अनुसन्धान जारी रहेको डिएसपीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार