• शनिबार, साउन १६ २०८३

बुधबार कोरोनाबाट थप १२ जनाको मृत्यु


बुधबार, असोज २८ २०७७
720
Shares

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ६ सय ७५ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २ हजार १ सय ७४ जना कोेरोना निको भएको जानकारी दिए ।

यससँगै हालसम्म निको हुनेको कुल संख्या ८१ हजार नजिक पुगेको छ । गौतमका अनुसार आजसम्म ८० हजार ९ सय ४५ जना कोरोना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १३ हजार ९ सय ४७ जनाको पीसीआर भएकामा २ हजार ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ जना पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार