• सोमबार, साउन ११ २०८३

उपत्यकामा थप १४ सय ३ जनामा संक्रमण पुष्टि


बुधबार, असोज २८ २०७७
640
Shares


काठमाडौँ उपत्यकामा पछिल्ले २४ घण्टामा थप १ हजार ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ४ सय ३ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज उपत्यकाका काठमाडौँमा ९ सय ९६ , भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जनामा कोरोना पुष्टि भएको हो।

मंगलबार उपत्यकामा २ हजार १ सय २९ जनामा कोरोना पुष्टि भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार