नेपालमा पछिल्ले २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ६ सय ३८ जनामा कोरोना पुष्टि भएको बताए।
उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ।
पछिल्लो २४ घण्टामा थप १३ हजार ९ सय ४७ पीसीआर परीक्षण भएसँग अहिलेसम्मको परीक्षणको संख्या १२ लाख २१ हजार ३८ पुगेको छ।
त्ययस्तै आज थप २ हजार १ सय ७४ जना संक्रमित निको भएसँगै अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ।