• सोमबार, असोज १९ २०८३

चक्रवातले मच्चायो विध्वंश, कम्तीमा २० जनाको मृत्यु


बुधबार, असोज २८ २०७७
1K
Shares


काठमाडौं । चक्रवातका कारण भारतमा आन्ध्र प्रदेश र तेलंगना राज्यमा भएको भयंकर वर्षा हुँदा ठूलो मात्रामा जनधन क्षति भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार वर्षाको विपद्मा परी कम्तीमा २० जनाको मृत्यु भएको छ।

अहिलेसम्म हैदराबादमा १३ र आन्ध्र प्रदेशमा ७ जनाको ज्यान गएको पुष्टि भएको बिबिसी हिन्दीले जनाएको छ।

तेलंगनाको राजधानी हैदराबादमा मंगलबार दिउँसोदेखि ठूलो वर्षा भइरहेको छ। यो वर्षा २० वर्षयताकै ठूलो भएको बताइएको छ। वर्षाले त्यहाँको हुसैन सागर तालमा जलसतह उच्च भएको छ।

चक्रवात मंगलबार बिहान आन्ध्र प्रदेशको नरसापुरम—काकिनाडा नजिकको तट हुँदै प्रवेश गरेको हो। जसका कारण त्यहाँ भारी वर्षा भएको हो। त्यहाँका कृष्णा, उभाया गोदावरी और उत्तराञ्चल जिल्लामा वर्षाका कारण क्षति हुन सक्ने भन्दै चेतावनी जारी गरिएको छ।

चक्रवात (सामुद्रिक आँधी) का कारण त्यहाँका कैयौं क्षेत्रमा रूख ढलेका छन्, धानबाली नष्ट भएका छन्।

काकिनाडा रेलवे स्टेसनमा ट्रयाक पानीले डुबाएको छ। निदादावोलुको स्थिति पनि यस्तै छ।

विजयवाडामा कृष्णा नदीमा जल सतह बढेपछि स्थानीय त्यहाँका अधिकारीले कम्तीमा ३० घरपरिवारलाई सुरक्षित स्थानमा जान चेतावनी दिएका छन्। जसमा पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडूको घर पनि पर्छ।

भारतीय मौसम विभागले मंगलबार राति ८ बजे एक बुलेटिन जारी गरी तेलंगानामा चक्रवातको असर अझै १२ घण्टा रहने जनाएको थियो। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार