• सोमबार, भाद्र ८ २०८३

माछा मार्न गएकी महिलाको गाडिएको अवस्थामा शव फेला


बुधबार, असोज २८ २०७७
720
Shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका—८ नौखरी मुक्तकमैंया शिविरकी अन्दाजी ३५ वर्षीया काली बेदी खुनाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेला परेको छ ।

मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला परेको वडासदस्य लालाबहादुर महराले बताए

।महिलासँगै माछा मार्न गएका उनका देवर अन्दाजी वर्ष २६ का मानसिंह खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झलारीबाट गएको प्रहरीको टोलीले घटनास्थललाई सिल गरी अनुसन्धानको गरिरहेको छ । मृतक महिलाका श्रीमान् प्रकाश खुना महेन्द्रनगर बजारमा काम गर्दै आएका छन् ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार