• शनिबार, साउन १६ २०८३

कोरोनाबाट गण्डकीमा थप एकको मृत्यु


बुधबार, असोज २८ २०७७
595
Shares

कोरोना संक्रमणबाट गण्डकीमा थप एक जनाको मृत्यु भएको छ ।

पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वडा नम्बर २ निवासी ५२ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो ।

गण्डकी अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार उनको बुधबार बिहान ९ः३४ बजे निधन भएको हो।

असोज २६ गते अस्पताल भर्ना भएका उनको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै गण्डकीमा कोराोनाबाट मृत्यु हुनेको संख्या ४५ पुेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार