http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ ।
मंगलबार तोलामा १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।