• शनिबार, साउन १६ २०८३

चाडवाड लक्षित गर्दै प्रहरीको विशेष सुरक्षा योजना


बुधबार, असोज २८ २०७७
805
Shares

गोरखा । दशै तिहार लगायतका चाडवाडलाई लक्षित गर्दै गोरखामा प्रहरीले विशेष सुरक्षा योजना ल्याएको छ ।

चाडवाडका नाममा हुने अपराधिक तथा कानून विपरितका कार्यलाई न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालयले सुरक्षाका बिभिन्न योजना ल्याएको एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।

मंगलबार जिल्ला प्रहरी कार्यालय गोरखामा पत्रकार सम्मेलन गर्दै प्रहरीले चाडवाड लक्षित गर्दै १७ प्रकारका सुरक्षा योजना ल्याएको जानकारी दिएको हो । जिल्लाभर बिभिन्न १७ वटा क्षेत्र छनौट गरी प्रहरी परिचालन गर्ने तयारी गरेको एसपी गुरुङले बताए ।

जसअन्तरगत कमाण्ड पोष्ट, जिल्ला रिजर्भ, क्वारेनटाइन, क्विूआरटि परिचालन, कार्यालय सुरक्षा, आइसोलेसन सुरक्षा, ट्राफिक सहितको संयुक्त चेकिङ रहेका छन् ।

त्यस्तै सिमानाका चोरी तस्करी नियन्त्रण, झैझगडा, जुवा तास, चोरी, लुटपाट नियन्त्रण, मापसे नियन्त्रण, मोबाइल गस्ती, राजमार्ग स्कर्टिङ, पैदल गस्ती, पिकेट, सादा पोसाक, यात्रु सहायता कक्ष र धार्मिक तथा पर्यटक स्थलहरुको सुरक्षा रहेका छन् ।

कार्यालयले यि बिभिन्न क्षेत्रका सुरक्षा योजनामा गरी ट्राफिक सहित ४ सय ९३ जना प्रहरी परिचालनको तयारी गरेको एसपी गुरुङले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार