• शनिबार, साउन १६ २०८३

कोरोनाबाट चितवनमा थप एकको मृत्यु


मंगलबार, असोज २७ २०७७
635
Shares


काठमाडौं । कोरोना संक्रमणबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एक जनाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति ८ः४० बजे मृत्यु भएको हो ।

असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज २४ गते अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालका सूचना अधिकारी डा. किशोर अधिकारीले जानकारी दिए । डा.अधिकारीका अनुसार उनी प्रोस्टेट क्यान्सरबाट पनि पीडित थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार