Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।
अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ।
अस्पतालको आकस्मिक कक्ष निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ।
अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको अस्पतालका प्रमुख सुनिलप्रसाद कुशवाहाले जानकारी दिए। रासस