• आइतबार, असोज १८ २०८३

दक्षिण कोरिया पुगेका ११ नेपाली विद्यार्थीलाई कोरोना संक्रमण


मंगलबार, असोज २७ २०७७
650
Shares


काठमाडौं । अध्ययनका लागि शनिबार मात्रै दक्षिण कोरिया पुगेका ११ जना नेपाली विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) का अनुसार राजधानी सोल नजिकैको गोयाङ सहरमा कोरियाली भाषा अध्ययनका लागि गएको शनिबार मात्रै त्यहाँ पुगेका ४३ जना नेपाली विद्यार्थीमध्ये ११ जनामा संक्रमण पुष्टि भएको हो।

स्थानीय इन्छन विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा सुरुमा एक जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिएको थियो। त्यसपछि समूहका सबैको परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो।

एक महिनाअघि मात्रै दक्षिण कोरियाली सरकारले बाह्य मुलुकबाट संक्रमित भएर आए आफैंले उपचार खर्च बेहोर्नुपर्ने निर्णय गरेको थियो। नयाँ नियमअनुसार अब सबै संक्रमित विद्यार्थीले उपचार खर्च आफैँले बेहोर्नुपर्ने छ।

दक्षिण कोरियामा उपचार खर्च महंगो छ। यसअघि त्यहाँ आठ जना नेपाली कोरोना संक्रमित भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार