गोरखा । गोरखाको यति टेक्निकल कलेजले अब सिपमूलक तालिम समेत दिन पाउने भएको छ । कलेजलाई सिटिइभिटीले यस बर्षबाट थप पाँच वटा कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिएको हो ।
सात बर्षअघि देखि गोरखामै प्रि डिप्लोमा कृषि, भेटनरी, अमिन तथा इलेक्टिकल कार्यक्रमहरु सञ्चालनद गर्दै आएको यतिले अब ३ महिने छोटो अवधीका तालिमहरु समेत सञ्चालन गर्न सम्बन्धन पाएको कलेजका सञ्चालन प्रवन्धक विजय पुडासैनीले जानकारी दिए ।
गोरखा नगरपालिका वडा नम्बर ९ को लक्ष्मी बजारमा रहेको कलेजले यस बर्षदेखि बाख्रा पालन, कुखुरा पालन, बेमौसमी तरकारी खेती, बगैचा तथा नर्सरी, च्याउ खेती तालिमहरु सञ्चालनको तयारी गरेको निर्देशक पुडासैनीले बताए । तालिम सामान्य लेखपढ गर्न सक्नेले समेत लिन सक्नेछन् ।
ब्यवसायीक रुपमा कृषि क्षेत्रमा लाग्न चाहेका नागरिकलाई यो कार्यक्रमले सहयोग पुग्ने कलेजले विश्वास लिएको छ । सामान्य लेखपढ भएका समेत तालिममा सहभागी हुन सक्ने भएकाले कार्यक्रम फलदायी र प्रभावकारी बन्ने निर्देशक पुडासैनीले बताए ।
‘यस्ता तालिमले कृषी क्षेत्रलाई व्यवसायीकरण तर्फ लैजानुका साथै किसानहरु कृषीमा आत्मानिर्भर हुनेछन् भन्ने हाम्रो बिश्वास हो’ पुडासैनीले भने ।
कलेजले प्रि डिप्लोमा कृषी, भेटनरी, अमिन तथा इलेक्टिकल कार्यक्रमहरु सञ्चलालनामा रहेको र यस शैक्षिक सत्रमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि असोज २९ गतेसम्म भर्ना खुल्ला रहेको समेत उनले जानकारी दिए ।
