• शनिबार, साउन १६ २०८३

कोरोनाबाट थप एकको मृत्यु


मंगलबार, असोज २७ २०७७
710
Shares

काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज २ गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनलाई सघन कक्षमा राखेर उपचार थालिएको थियो ।

अस्पतालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मुटुका रोगी समेत थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार