• शनिबार, साउन १६ २०८३

सार्वजनिक यातायात : सिट क्षमता बढ्यो, भाडा घट्यो


मंगलबार, असोज २७ २०७७
705
Shares

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।।

यसअघि सरकारले सार्वजनिक सवारी साधनलाई सिट क्षमताको आधा मात्रै यात्रु बोक्न निर्देशन दिएको थियो। त्यसबापत ५० प्रतिशत वढी भाडा लिन छुट दिइएको थियो।

त्यो निर्णय उल्टाउदै सरकारले पूर्ण सिट क्षमतामा यात्रु बोक्न दिने निर्णय गरेको हो।

दसैँ, तिहार जस्ता चाडपर्वको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय सरकारले गरेको हो।

ठूला चाडपर्व नजिकिए पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिँदै गएको कारण हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले भनेजति यात्रु पाउन सकेका छैनन्।

यात्रु नहुँदा अहिलेसम्म दसैँको लागि अग्रिम टिकट बुकिङ पनि खुलेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार