• शनिबार, साउन १६ २०८३

पछिल्लो तिन महिनामा कुरीतिका कारण ५ को मृत्यु, कर्णाली अत्याधिक मारमा


मंगलबार, असोज २७ २०७७
3K
Shares

काठमाण्डौ । पछिल्लो तिन महिनामा कुरीतिका कारण देशभरमा ५ जनाको मृत्यु भएको छ । कुरीति अन्धविश्वासका कारण ज्यान गुमाउनेमा अधिकांश महिला र दलित रहेको एक अध्ययनले देखाएको छ ।

सोच नेपालले २०७७ असार १७ गते देखि २०७७ असोज १४ सम्म (जुलाई १, २०२० देखि सेप्टेम्बर ३०, २०२० सम्म) गरिएको राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक भएका घटना अध्ययन (मिडिया सर्भेक्षण) मा गत तिन महिनाको अवधिमा देशभर कुरीतिका कारण २४ जना प्रभावित भएको पाइएको छ ।

कुरीतिका कारण महिला तथा दलित समुदाय शारिरीक तथा मानसिक हिंसाको सिकार भएका छन् । तिन महिनामा कुरीतिका कारण ४ समुदाय तथा कर्णाली प्रदेश सबै भन्दा बढी प्रभावित भएको पाइएको छ । यसै गरि सुदुरपश्चिम प्रदेश पनि उत्तिकै कुरीतिकोे प्रभावित भएको पाइएको सोच नेपालको अध्ययनले देखाएको छ । त्यस्तै सबैभन्दा कम कुरीतिको घटनाहरु हुने प्रदेशमा १ र वागमती रहेका छन ।

यो तिन महिनाको अवधिमा जातिय छुवाछुतका ११, बालविवाह ४, लैङ्गिक विभेदका ३, बहु विवाहका ४, कुमारी प्रथाका १, बोक्सी प्रथाका ३, अन्धविश्वास २ गरी कुल २८ मानसिक र शारिरीक हिंशाका घटनाहरु सार्वजनिक भएका छन् ।

परम्परागत कुरीति र कुसस्कारका कारण ज्यानै गुमाउनु पर्ने अवस्था र नेपालको सम्बीधानमा मौलिक हकमा प्रत्याभुत गरेको सम्मान पुर्वक बाच्न पाउने मौलिक हक तथा मानवअधिकार हननका घटना विरुद्ध सरकारी तथा विभिन्न गैर सरकारी संघ संस्थाल विभिन्न कार्यक्रमहरु गर्दै आएता पनि अझै पनि नेपाली समाजमा कुरीति व्याप्त छ ।

समाजलाई यस्ता परम्परागत कुरीति र कुसस्कारमा रहेको साघुरो सोचाईलाई चिर्नका लागि नागरिकमा रहेको परम्परागत भ्रमको अन्त्य हुन जरुरी रहेको प्रतिवेदनमा बताइएको छ । प्रतिवेदन सार्वजानिक गर्दै सोच नेपाल भन्छ ‘हरेक काम, लिङ्ग र जातको उचित सम्मान र बाच्न पाउने वातावरण भए मात्रै यस्ता कुरीतिको अन्त्य सम्भव छ ।’

अहिलेको वैज्ञानिक युगमा पनि परम्परा एवं धर्म, संस्कृतिका नाममा मान्छेमाथि हुने अमानवीय तथा अपमानजनक घटनाहरुलाई न्यूनीकरण गर्नकालागि सरोकारवालालाई झक्झ्काउन तथा हरेक मान्छेले सम्मान्पुर्वक बाच्न पाउँने अधिकारको रक्षाको लागि सरकार समक्ष सोच नेपालले अनुरोध समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार