• शुक्रबार, साउन १५ २०८३

कोरोनाका कारण स्थगित व्यवस्थापन संकायका परीक्षा त्रिविले मंसिरमा गर्ने


मंगलबार, असोज २७ २०७७
675
Shares


काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण स्थगित व्यवस्थापन संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका परीक्षा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मंसिरमा गर्ने भएको छ।

मंसिर तेस्रो सातादेखि परीक्षा सुरू हुने त्रिविले सूचना निकालेर जानकारी गराएको हो।

कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि रोकिएका परीक्षा चाडवाडलगत्तै सुरू गर्न लागिएको हो।

त्रिविले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पुरानै तरिकाबाट परीक्षा लिन लागेको हो।

त्रिवि व्यवस्थापन संकायका अनुसार सेमेस्टर तर्फका स्थगित परीक्षा मंसिर तेस्रो साताबाट सुरू हुन्छ।

सरकारले स्थगित परीक्षाहरू सञ्चालन गर्न अनुमति दिएसँगै त्रिविले गत असोज ६ मा बैठक गरी स्थगित परीक्षाहरू अब सञ्चालन गर्दै जाने निर्णय गरेको थियो।

परीक्षा तालिका छिट्टै प्रकाशित गरिने त्रिविले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार