गोरखा । रोट्¥याक्ट क्लबले अफ गोरखाले सचेतनामूलक अभियान सुरु गरेको छ । कोभिड १९ को जोखिम न्यूनिकरणका लागि क्लबले सन्देशमूलक अडियो अभियान सुरु गरेको अध्यक्ष फिलिप कडेंलले बताए ।
नजिकिदै गरेको दशै तिहार लगायतका चाडवाडमा भिडभाड बढी हुने भएकाले कोरोना भाइरसको जोखिम उच्च हुने भन्दै क्लबले स्वास्थ्य सम्बन्धी सचेतनामूलक अडियो बिभिन्न स्थानमा बजाउने बताएको छ ।
अडियोमा कोरोना भाइरसबाट बच्ने उपाय, स्वास्थ्य, सरसफाइ लगायत जोखिम न्यूनिकरणका सन्देश समेटिएका छन् । अभियानकै क्रममा मास्क नलगाइ हिडडुल गर्नेलाई निशुल्क मास्क समेत वितरण भएकाे बताइएकाे छ ।
अडियोलाई गोरखा बजारको हरमटारी, जिविसचोक, शक्तिचोक, बसपार्क, बैकरोड, अस्पतालचोक लगायतका स्थानमा बजाइने क्लबका उपाध्यक्ष शिवहरी तिमिल्सीनाले जानकारी दिए ।