• आइतबार, असोज १८ २०८३

सोमबार थपिए चार हजार ४७ कोरोना संक्रमित


सोमबार, असोज २६ २०७७
680
Shares


नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले १४ हजार पाँच सय ३० जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएको बताएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २२ सय ८३ जनामा संक्रमण देखिएको छ। जसमा काठमाडौंमा १८ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना रहेका छन्।

यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

आज १४ सय ७३ जना डिस्चार्ज भएका छन्। यो सँगै आजसम्म कोरोना निको हुनेको संख्या ७७ हजार २७७ जना पुगेको छ।

प्रवक्ता डा गौतमका अनुसार आज देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार