• शुक्रबार, साउन १५ २०८३

अब बलात्कारीलाई मृत्युदण्ड दिइने


सोमबार, असोज २६ २०७७
1.2K
Shares


बलात्कारीलाई फाँसीको सजाय दिने गरी कानुन संशोधन गरिएको छ ।

बलात्कारका घटनामा लगातार बढोत्तरी हुन थालेपछि बंगलादेश सरकारले कानुन संशोधन गर्दै दोषीलाई कठोर सजायको व्यवस्था गरेको हो ।

बंगलादेशका कानुनमन्त्री अनिसुल हकका अनुसार राष्ट्रपतिले हस्ताक्षर गरेपछि मंगलबारबाट यो कानुन लागू हुनेछ ।

केही दिन अघि बंगलादेशमा सामुहिक बलात्कारको एउटा घटनाको विरोधमा देशव्यापी प्रदर्शन भएको थियो । प्रदर्शनकारीले बलात्कारीलाई कठोर सजायको व्यवस्था गर्न सरकारसँग माग गर्दैै आएका थिए ।

बंगलादेश प्रहरीको तथ्यांकअनुसार गत वर्ष करिब साढे पाँच हजार बलात्कारका घटनामा उजुरी परेको छ । तर त्यसअनुपातमा दोषी ठहर हुनेको संख्या भने निकै कम पाइएको छ ।

बलात्कारका कतिपय घटना प्रकाशमै नआउने गरेको अधिकारकर्मीहरु बताउँछन् । बलात्कारजस्तो अपराधमा द्रुत कारवाहीको व्यवस्था हुनुपर्ने उनीहरुको भनाइ छ ।

मौजुदा व्यवस्थामा बंगलादेशमा बलात्कार सम्बन्धी अपराधमा आजन्म कारावासको व्यवस्था छ । पीडितको मृत्यु भएको अवस्थामा भने अपराधीलाई मृत्युदण्डसमेत हुन सक्ने व्यवस्था छ । सरकारले कानुन संशोधन गर्दै बलात्कारमा संलग्न अपराधीलाई मृत्युदण्डको सजायसम्बन्धी प्रावधान राखेको हो । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार