काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दाङको जिल्ला प्रशासन कार्यालय बन्द गरिएको छ ।
कोरोना संक्रमित कर्मचारीको संम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकाले आगमी असोज ३० गतेसम्म कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत अम्मरराज आचार्यले सूचना प्रकाशित गरी आगमी असोज ३० गतेसम्म कार्यालय बन्द रहने जानकारी गराएका हुन् ।
बन्दको समयमा अत्यावश्यक शान्ति सुरक्षा र मुद्दा बाहेक अन्य सेवाहरु बन्द रहने जनाइएको छ ।