• शुक्रबार, साउन १५ २०८३

ग्यासको खाली सिलिण्डरको मूल्य तोकियो


सोमबार, असोज २६ २०७७
640
Shares


काठमाडौं । ग्यासको खाली सिलिण्डको मूल्य तोकेको छ ।

पहिलो चरणमा गत असोज २ गते बागमती प्रदेशमा सञ्चालित उद्योगहरुको मात्र ग्यासको सिलिण्डरको मूल्य तोकेको नेपाल एलपी ग्यास उद्योग संघले दोस्रो चरणमा दुर्गम जिल्लाबाहेक देशैभरी एकै मूल्य तोकेको हो ।

संघले आगामी असोज २८ गतेदेखि लागु हुने गरी देशैभरीका उद्योगहरुको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर दुई हजार एक सय रुपैयाँ तोकेको छ । यसअघि बागमती प्रदेशमा समेत संघले सोही मूल्य तोकेको थियो ।

यता खाली सिलिण्डरको मूल्य निर्धारण गरेको संघले मूल्य निर्धारणसँगै खरिद बिक्रीमा अनिवार्य धरौटी रसिद हुनुपर्ने बताएको छ । बिक्रेताहरु मर्फत ग्यास लिदा उपभोक्ताहरुले अनिवार्य धरौटी रसिद लिनु पर्ने र सो गर्नु पर्ने जनाएको छ ।

अन्यथा रसिद नभएको सिलिण्डरको जवाफदेही तथा जिम्मेवारी उद्योगले नलिने समेत संघले प्रष्ट पारेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार