गोरखा । समुदायमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि गण्डकी गाउँपालिकाले दसैंमा घर आउनेले सात दिन क्वारेन्टिन बस्नुपर्ने भनिएको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै गाउँपालिकाको वडा नम्बर ४ फुजेलले एक सूचना जारी गरी दसैं तिहारका लागि आउनेहरू असोज ३० भित्र गाउँ आइसक्नुपर्ने र एक साता होम क्वारेन्टिन बस्नुपर्ने गरी नियम लगाएको वडा सचिव कमल खनालले जानकारी दिए ।
विदेशबाट आउनेहरूले अनिवार्य रूपमा पिसिआर रिपोर्ट देखाउनुपर्ने साथै चाडपर्व विशेष किनमेल असोज ३० भित्र सकिसक्नु पर्ने उक्त सूचनामा जारी गरिएको छ ।
यस्तै पिङ हाल्न, जुवातास खेल्न र रातको समयमा साथीभाई भेटघाटमा समेत रोक लगाएको वडा सचिव खनालले बताए ।