काठमाडौं । गुडिरहेको एक बसमा आगो लागेको छ ।
धादिङको थाक्रे गाउँपालिका–१ ढाँडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा सोमबार बिहान सवा तीन बजे आगो लागेको हो ।
हेटौंडामा सो बसलाई सामान्य मर्मत गरेर थप मर्मतका लागि काठमाडौंतर्फ ल्याउँदै गर्दा आगो लागेको जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । तार सट भएर आगो लागेको प्रहरीको अनुमान छ ।
बसमा यात्रुहरु थिएनन् । बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आगोबाट बसको अगाडि र पछाडिको भाग जलेको छ ।