• शुक्रबार, साउन १५ २०८३

कोरोना संक्रमणबाट थप एकको मृत्यु


सोमबार, असोज २६ २०७७
645
Shares


काठमाडौं। कोरोना संक्रमणका कारण रुपन्देहीमा थप एकजनाको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

असोज १९ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष २० गते अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा सोमबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

डा. गौतमका अनुसार संक्रमित वृद्धको श्वास नलीमा समस्या थियो । उनी दम र उच्च रक्तचापको दीर्घरोगी पनि थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार