• आइतबार, भाद्र २१ २०८३

गाउँमा कोरोना संक्रमित थपिएपछि बुंकोटका विद्यालय फेरी बन्द


आइतबार, असोज २५ २०७७
1K
Shares

गोरखा । गाउँमा कोरोना संक्रमित थपिएसंगै बुंकोटका विद्यालय फेरी बन्द भएका छन् ।

आइतबार शहिद लखन गाउँपालिका ७ मा तिन जना संक्रमित पुष्टि भएसंगै वडा नम्बर ७ र ८ का सम्पूर्ण विद्यालय बन्द गरिएको हो ।

आइतबार बेलुका बिधार्थी सिकाई सहजिकरण ब्यबस्थापन समितीको आकास्मिक बैठकबाट साविकको बुंकोट भर विद्यालयलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी लगायत वडाध्यक्षहरु श्रेष्ठ, काशिनाथ अम्गाई, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठ, विद्यालयका प्रधानाध्यापकहरु, स्थानीय बुद्धिजिवी लगायत सरोकारवालाहरुको सहभागिता भएको बैठकबाट संक्रमित देखिएकाको सम्पर्कमा पुगेकाको कन्ट्याक्ट ट्रेसिङ गरी रिपोर्ट नआञ्जेलसम्मका लागि सिकाई कक्षा बन्द गर्ने निर्णय भएको बताइएको छ ।

आइतबार बुंकोटका ४७ ,४५ र २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार