• सोमबार, साउन ११ २०८३

गोरखा नगरले पनि बन्द गरायो कार्यलय र वडाको सेवा


आइतबार, असोज २५ २०७७
1.4K
Shares

मेलिना बराम
गोरखा । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गोरखा नगरपालिकाले पनि अत्यवश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

छिमेकी जिल्ला स्थानीय तह लगायत गोरखा नगरपालिका वडा नं.६ का एक कर्मचारीमा कोरोना देखिएको र उक्त कर्मचारी अन्य कर्मचारीको सम्पर्कमा आएको हुनाले नगरपालिकाले एक सूचना जारी गरी अत्यावश्य बाहेकका सबै सेवाहरु बन्द गरिएको जनाएको छ ।

सम्पर्कमा आएका कर्मचारीहरुमा रुघा खोकी एवम् ज्वरो समेत देखिएकाले नगरपालिका र वडा जनप्रतिनिधि तथा कर्मचारीहरुको समेत कन्टयाक ट्रेसिङ गर्नु पर्ने भएकाले आगामी ३० गते सम्म नगरपालिका तथा वडा कार्यलयका अत्यवश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले सिभिलखबरलाई जानकारी दिए ।

घरबाट बहिर निस्कन परे स्वस्थ्य सम्बन्धि मापदण्ड अपनाएर आउजाउ गर्न नगरपालिकाले आग्रह गरेको छ । साथै बैंक, पसल तथा सार्वजनिक स्थलमा समेत भिडभाड नर्गन उक्त सूचनामा जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्तले सिभिलखबरलाइ बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार