• आइतबार, असोज १८ २०८३

नेपालमा कोरोनाबाट एकैदिन २२ जनाको मृत्यु


आइतबार, असोज २५ २०७७
780
Shares


नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ महिला र १७ जना पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ। यो कूल संक्रमितको ०.५९ प्रतिशत हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार