• सोमबार, साउन ११ २०८३

उपत्यकामा थप १४ सय १६ जनामा संक्रमण पुष्टि


आइतबार, असोज २५ २०७७
865
Shares


काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा १ हजार ४ सय १६ थप जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार १ सय ४५ भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ जनामा कोरोना पुष्टि भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार