आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा २ हजार ७१ थप जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ।
त्यस्तै १३ हजार ६ सय ४९ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
आज देशभरका प्रयोगशालमा थप १२ हजार ७ सय २७ पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जनाकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ।
यो कुल संक्रमितको ७०।३ प्रतिशत हो।