• शुक्रबार, साउन १५ २०८३

कोरोनाबाट थप एक पुरुषको मृत्यु


आइतबार, असोज २५ २०७७
840
Shares

काठमाडौँ । कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कैलालीको धनगढी उपमहानगरपालिका— ३ का ५२ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

असोज १९ गते स्वाब परीक्षण गराएका उनमा २० गते संक्रमण पुष्टि भएको थियो । तर, उनी २३ गते मात्रै अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

गए राति करिब २ बजेर २५ मिनेटमा उनको मृत्यु भएको श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार