• आइतबार, भाद्र २१ २०८३

यूएई बन्यो जनसंख्याभन्दा बढी कोरोना परीक्षण गर्ने पहिलो देश


आइतबार, असोज २५ २०७७
720
Shares


युनाइटेड अरब इमिरेट्स (यूएई) जनसंख्याभन्दा बढी कोरोना परीक्षण गर्ने पहिलो देश बनेको छ।

सन् २०१८ को जनगणना अनुसार यूएइको जनसंख्या ९६ लाख ३१ हजार हो।

खालिजटाइम्सका अनुसार यूएइमा हालसम्म जनसंख्याभन्दा बढी एक करोड ३ लाख २० हजारभन्दा बढी कोरोना परीक्षण गरिसकिएको छ।

यूएई जनसंख्याभन्दा बढी कोरोना परीक्षण गर्ने पहिलो देश बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

आइतबारसम्म यूएईमा कोरोना संक्रमितको संख्या एक लाख ५ हजार १ सय ३३ पुगेको छ।

संक्रमितमध्ये ४ सय ४३ को मृत्यु भइसक्दा ९५ हजार ९ सय ७३ उपचारपछि स्वस्थ बनेको कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार