गोरखा । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पालुङटार नगरपालिकाले अत्यावश्य बाहेकका सबै सेवाहरु बन्द गरिएको छ ।
छिमेकी जिल्ला लगायत स्थानीय तहमा संक्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा न्युनिकरणका लागी नगरपालिकाले एक सूचना जारी गरी अत्यावश्य बाहेकका सबै सेवाहरु बन्द गरिएको जनाएको छ ।
आज आइबार बसेको कार्यपालिकाको निर्णय अनुसार आगामी कर्तीक १ गते सम्म नगरपालिका तथा वडा कार्यलयका अत्यावश्य बाहेकका सबै सेवाहरु बन्द गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै यस नगरपालिका अन्तरगत सञ्चालनमा आएका सम्पूर्ण विधालयहरु पनि आगामी मंसिर ६ गते सम्म बन्द गर्ने प्रमुख प्रशासकीय अधिकृत शर्माले सिभिलखबरलाई बताए ।